भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार तुलशा कटुवाल कोरोना संक्रमण मुक्त, भिजन अनलाईन न्युजको सम्पुर्ण कार्यक्रम आजबाट पुनःसुचारु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  887 पटक हेरिएको

काठमाण्डौँ, मंसिर ४ ।  

भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार तुलशा कटुवाल/शाक्य कोरोना संक्रमण मुक्त भएकी छिन । ३ हप्ता अघि स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि काठमाण्डौँ आएकी थिई । स्वास्थ्य परिक्षणको क्रममा निमोनिया सहित कोरोना संक्रमण देखिए पछि डाक्टरहरुको सल्लाह र निगरानीमा १७ दिन लामो होम आईसोलेशनमा बसि औषधि सेवन गर्दै आईरहेकि थिई । परिवारको साथ सहयोग र पुर्ण हेरचाहमा घरमा नै आईसोलेशन बसेका सम्पादक तथा कलाकार तुलशा कटुवालको पछिल्लो समय स्वास्थ्यमा क्रमिक सुधार आएसँगै केहि दिन अघि स्टार हस्पिटलमा गराएको कोरोना परिक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको हो ।

निजलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारका अन्य सदस्यहरुको पनि कोरोना संक्रमण परिक्षण गर्दा परिवारका अन्य सदस्यको भने कारोना रिर्पोट नेगेटिभ आएको जनाएको छ । भिजन अनलाईन न्युजका सम्पादक तुलशा कटुवाललाई कोरोना संक्रमण पुष्टि भएसँगै स्थगित भएको भिजन अनलाईन न्युजबाट प्रसारण भईरहेको कार्यक्रम “भिजन संबाद” र “राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस” कार्यक्रम आजबाट पुनः संचालन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार