जापानभर बुधवार एकैदिन २२०१ जनामा कोरोना संक्रमण पुष्टि,१३ जनाको निधन संक्रमण बढ्ने क्रम तिब्र

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  60 पटक हेरिएको

जापान, मंसिर ४ ।

जापानमा पहिलो पटक एकैदिन २ हजार २ सय १ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जापानमा अहिलेसम्मकै सबैभन्दा बढी २२०१ जनमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । नोभेम्बर १८ तारिख साँझ २०स्३० बजेसम्म एकैदिन जापानभर २ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । चिसो मौसम बढेसंगै जापानमा पछिल्लो समय कोभिड १९ संक्रमण ह्वात्तै बढेको हो ।

जापानमा हालसम्म आन्तरिक र बाह्य गरि १ लाख २४ हजार २५६ मा कोभिड १९ संक्रमण भएक छ भने करिब १ हजार ९ सय ३३ जनाको मृत्यु भएको छ । जापानमा ८६ प्रतिशत अर्थात १ लाख ५ हजार ६९७ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । जापानमा आज १३ जनाको निधन भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार