![](https://visiononlinenews.com/wp-content/uploads/2019/09/Long-add2-1024x93.gif)
काठमाडौं मंसिर, २। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच मन्त्रिपरिषद पुनर्गठन सम्बन्धि बिषयमा धेरै पठक छलफल भएको थियो तर पनि दुई अध्यक्ष बिच सहमति नजुट्दा सोमबार मन्त्रिपरिषद् पुनर्गठन हुन सकेन ।
![](https://visiononlinenews.com/wp-content/uploads/2019/11/AC438D6F-E513-400C-A066-6A0C0186927F-1024x568.jpeg)
दुई अध्यक्षबीच सोमबार साँझ भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुन-कुन मन्त्रीलाई हटाउने तथा क-कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भएको बताइएको छ ।
नेकपा स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच सहमति नजुट्दा एक-दुई दिन मन्त्रिपरिषद् पुनर्गठन होला जस्तो छैन ।’यसअघि आइतबार बसेको नेकपा सचिवालय बैठकमा सोमबार मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।
स्रोतकाअनुसार पूर्वमाओवादीबाट कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) र उद्योगमन्त्री मात्रिका यादव हट्ने पक्का छ । यस्तै पूर्व एमालेबाट महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाउने पक्का जस्तै छ ।
अरु कोको मन्त्री हटाउने भन्ने टुंगिएको छैन । यस्तै नयाँ मन्त्री को बन्ने भन्ने पनि प्रष्ट भइसकेको छैन ।
![](https://visiononlinenews.com/wp-content/uploads/2019/09/Long-add2-1024x93.gif)