जापान, मंसिर २ ।
जापानको गुन्मा केनमा बुधबार राति ११:३० बजे ईसासाकि शहरमा नेपाल बुटवल घर भई सो स्थानमा बस्दै आएकी लक्ष्मि अधिकारी बस्नेतको छुरा हानि हत्या भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा हत्यारा भनिएका विश्वराज आचार्यलाई गएराति निगाताबाट प्रकाउ गरिएको छ ।
जापान प्रहरीले दिएको जानकारी अनुसार हत्याका आरोपी आचार्यलाई गाडी सहित निगाता केनको नागाओका सिबाट गएराति प्रकाउ गरेको हो । प्रहरीको सोधपुछमा लक्ष्मिको हत्या आफुले नगरेको बताईएको प्रहरीले जनाएको छ । प्रहरीले आचार्यलाई सोधपुछका लागि थुनामा राखेको छ भने अदालतबाट थप समय माग्ने बताईएको छ ।
अनुसन्धानको क्रममा प्रहरीले लक्ष्मीका पति धर्मेन्द्र बिक्रम अधिकारीको नाममा रहेको उक्त कोठालाई सिल गरेर राखेको छ । प्रहरीले बुधबार राति नै लक्ष्मिको हत्या भएको कोठाबाट हतारमा लेखिएको चिठी पनि भेटेको छ । उक्त चिठीमा केहि लाईन मात्रै लेखिएको छ । चिठीमा यो हत्या सापकोटाले गर्दा भएको हो भनि लेखिएको बताईएको छ ।उक्त चिठीमा उलेल्ख भएको सापकोटा को हुन उनी जापानमा नै छन वा नेपालमा छन त्यसका बारेमा केहि उल्लेख नगरिएको बताईएको छ । सो विषयमा पनि थप अनुसन्धान भईरहेको जनाएको छ ।
लक्ष्मिलाई बुधबार राति करिब १२ बजे हस्पिटल लगेपछि मृत्यु घोषित भएपछि प्रहरीले सिसिटिभि क्यामरा फोरेनसिक छानविन एवं लक्ष्मिको कल डिटेल हेरपछि लक्ष्मिका श्रिमान सहित उनले फोन गरेका साथि एवं शंका लागेका सबैलाई विहिबार दिनभर सोधपुछ गरेको बुझिएकोछ । केहि ब्यक्तिलाई प्रहरीले गुन्मा केन नछाडन भनेको बुझिएको छ ।
विहिबार राति नै आचार्य प्रकाउ परेपछि हत्याको वास्तविकता पत्ता लाग्ने विस्वास गरिएको छ । धर्मन्द्र बिक्रम अधिकारीको डिपेन्डन्ट भिषामा रहेका लक्ष्मिको १७ बर्षिय एक छोरा नेपालमा नै रहेका छन भने हत्यारा भनिएका विस्वास आचार्यको पनि कुक भिषामा रहेको बुझिएको छ ।