लामो समय पछि आज २४ घण्टामा ५ सय २ जनामा संक्रमण पुष्टि, कोरोनाबाट थप १७ जनाको निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  55 पटक हेरिएको


काठमाडौँ, मंसीर २ ।   

नेपालमा निरन्तर कोरोनाको रफ्तार कम भएको देखिएको छ । लामो समय पछि आज २४ घण्टामा एक हजार भन्दा पनि कम संक्रमित थपिएको छ । आज मात्रै ५०२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, आजको पिसिआर पनि केही कम नै देखिएको छ । आज ३ हजार १ सय १२ वटा जनाको मात्रै पिसिआर परीक्षण भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यसैगरी संक्रमित थपिने भन्दा डिस्चार्ज हुने क्रम बढीरहेको छ । आज २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ । अब कुल सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ९८६ छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार