राजस्व विभागद्धारा उत्कृष्ट करदाता सम्मानित, यी हुन् करदाताहरू (सूचीसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  392 पटक हेरिएको

काठमाडौं, मंसिर १ ।  

सरकारले सर्वाधिक कर तिर्नेहरुको नाम सार्वजनिक गरेको छ । नेपाल सरकारको आन्तरिक बजेटको महत्वपूर्ण स्रोत निजी स्रोत तथा व्यक्तिगत आयस्रोत अन्तर्गत राष्ट्रलाई सबै नागरिकले कर तिर्नुपर्ने हुन्छ । आन्तरिक राजस्व विभागले सो मध्य उत्कृष्ट करदाता घोषणा  गर्दै सम्मान गरेको छ ।

१०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गर्नुभएको थियो । आर्थिक वर्ष २०७६/७७ मा तिरेको करका आधारमा सम्मान गरिएको हो । यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ राणा रहनु भएको छ ।

अर्कोतिर कम्पनीतर्फ सूर्य नेपाल अगाडि रहेको छ । त्यस्तै, सबैभन्दा धेरै आय कर तिर्नेमा नेपाल दुरसंचार कम्पनी लिमिटेड रहेको छ । अन्यको सूची तल हेर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार