पाकिस्तानमाथि नेपालको १४ वर्षपछिको जित, अन्जन विष्टको एक गोल नै निर्णायक बन्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  349 पटक हेरिएको

काठमाडौं, कात्तिक ३० ।

नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध १४ वर्षपछि जित निकालेको छ । अन्जन विष्टको एक मात्र गोलमा नेपालले बुधबार दशरथ रंगशालमा पाकिस्तानलाई १-० ले हरायो । एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ हजार दर्शकअघि नेपाललाई जित दिलाउन अन्जन विष्टले ८२औं मिनेटमा गोल गरे ।

यसअघि सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले दशरथ रंगशालमा १-१ को बराबरी खेलेका थिए भने त्यसअघि भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल पकिस्तानसँग घरेलु मैदानमै पराजित भएको थियो । यस्तै नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो ।

२००८ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई ४-१ ले पराजित गरेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल हुँदा दुई बराबरी भएको थियो भने तीन खेलमा नेपाल पराजित भएको थियो । पछिल्लो पटक २०१८ मा ढाका भएको साप च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार