एनआरएनए जापानद्वारा एनआरएनए मेरो साथी अन्तर्गतको दोस्रो कार्यक्रम जापानमा नेपाली ब्यबसायको अबसर र चुनौती विषयक कार्यक्रम आयोजना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  156 पटक हेरिएको

जापान, कार्तिक ३० । 

एनआरएनए जापानको आयोजनामा यहि नोवेम्बर २० तारिख “जापानमा ब्यबसायको अवसर र चुनौती” विषयक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।एनआरएनए जापानका सचिव श्याम शितलले जनाए अनुसार, कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज(専門学校) तथा विश्वविद्यालयहरु (大学)हरु अध्ययन सक्किएपश्चात कसरी अगाडी बढ्न सकिन्छ ? व्यापार ब्यबसायको अबसर कस्तो छ । ब्यबसाय शुरू गर्नु परे के के कानुनी प्रावधान रहेको छ ? ब्यबसाय शुरू गर्न शुरूमा कती लगानीको आवश्यक पर्छ लगयातका विविध विषयहरुमा अनुभवी तथा विषय विज्ञहरुसंग अन्तरंग छलफल सहितको कार्यक्रम गर्न लागिएको एनआरएनए जापानका सचिब श्याम श्रेष्ठले जानकारी गराउनु भएको हो ।

यस अघि पनि एनआरएनए जापानको आयोजनामा आत्महत्याका कारण र त्यसको रोकथामका बिषयहरुमा बिज्ञहरु सहितको अन्तक्रिया कार्यक्रम आयोजना गरेको एनआरएनए जापानले यस्तै कार्यक्रमलाई निरन्तरता दिदै नेपालीहरुको समस्या समाधानको लागि सहयात्रीको भूमिकामा काम गर्ने पनि बताउनु भयो ।

सोही बमोजिम एनआरएनए जापानको वर्तमान कार्यसमिति (२०२१-0२३) को “एनआरएनए मेरो साथी” नामक सुसुचित अभियानको पहिलो श्रृंखलाको रुपमा संचालन गरिने यस विद्यार्थी लक्षित कार्यक्रममा, डा. वेद काफ्ले (Senior Researcher NICT Tokyo, Japan), जिज्ञान कुमार थापा (Program Office, Khanawawa International Foundation, Japan), डा . विष्णु प्रसाद गौतम Professor, Associate, Kanazawa Gakuin University Japan), डा .सरोज कंडेल (Research and Panning Division, Sizen Oyokagaku Co.Ltd) र शुसिला पौडेल (PHD Candidate in Disaster Nursing, Japan) को सहभागितामा पहिलो शृंखलाको सफल कार्यक्रम संचालन गरीसकेको छ ।

एनआरएनए जापानद्वारा आयोजना गरीएको “एनआरएनए मेरो साथी” कार्यक्रम अन्तर्गतको दोस्रो शृंखलामा भने जापानका सफल व्यवसायी र यहाँका व्यावसायिक संगठनका नेतृत्वसंगको बहस संचालन गर्न लागिएको सचिव श्याम शितलले जानकारी गराउनुभयो । यस दोस्रो शृंखलामा बक्ताको रूपमा जापानका सफल व्यवसायी तथा एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठ, एभेरेष्ट ईनटरनेशनल एकेडेमिका प्रोपाईटर नारायण सूबेदी, नेपाल व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, सफल व्यवसायी अरुण श्रेष्ठ र सफल व्यवसायी ददीवल खड़काको सहभागितामा जापानमा बसोबास गर्ने बिध्यर्थी लगायत व्यापार व्यवसाय गर्ने सोच बनाउनु भएका नेपालिहरूलाई लक्षित गरी कार्यक्रमको आयोजना गरीएको जानकारी गराउनु भयो । यस कार्यक्रमले नेपाली समुदायलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरीएको समेत जनाउनु भयो ।

जापानबासी नेपालीहरुलाई दैनिक जीबन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागि जापानमा भएको अवसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सु सुचित गराउने उदेश्यका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको अभियान NRNA मेरो साथी 2021-2023 “ सुखमा पनि , दुःखमा पनि , जानकारी हाम्रो साथ तपाईंको ” नामक कार्यक्रम हरेक महिना फरक विषयवस्तुमा प्रस्तुत गरिने जनाईएको छ । यो कार्यक्रम जापानबाट प्रसारण तथा संचालन भईरहेको भिजन अनलाईन न्युज लगायतका बिभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । एनआरएनए जापानले बिगतका दिनहरुबाट नै जापानका बिभिन्न मिडियाहरुसँग संस्थागत सहकार्य गर्दै अभिमुखि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसले नेपाली समुदायमा सकारात्मक प्रभाब पार्ने पनि आयोजक एनआरएनए जापानका अभियान्ताहरु बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार