नेवार समुदायमा आज बेलुकी आत्म अर्थात् म्हःपूजा मनाउदैँ, फुकुओकामा सामुहिक म्हःपुजा यस बर्ष नमनाउने(भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1505 पटक हेरिएको

काठमाडौं, कार्तिक ३० ।  

फाईल तस्बिर

नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म अर्थात म्हःपूजा मनाउँदैछन् । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यता अनुसार म्हःपूजा गर्ने परम्परा बसेको हो । कार्तिक शुक्ल प्रतिपदाको सायम्कालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । नेवार समुदायको महत्वपुर्ण र बिशेष पर्वको रुपमा रहेको म्हःपुजा नेपाली समाज कै नौलो मानबले मानिसलाई नै पुजा गर्ने एक पबित्र पर्व पनि हो म्हःपुजा, यसको महत्व नेवारी समुदायमा बिशेष रहेको पनि अर्गजहरु बताउछन् ।

आज बिहान ११ बजेर २७ मिनेटसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा आजै गर्नुपर्ने शास्त्रीय बचन रहेको नेपाल पंचाग निर्णायक समितिले जनाएको छ । तर विगत वर्षजस्तै म्ह:पूजा आज कि भोलि भन्नेमा नेवार समुदाय यसपटक पनि विभाजित भएका छन् ।

नेपाल संवतकै दिन आत्म पूजा गर्नेले भोली मात्रै गर्ने भएका छन् । म्ह:पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवतसँग जोड्न नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए। धर्मशास्त्र र ज्योतिष विषय नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ।

जापानको फुकुओकामा नेवार समुदायको सामुहिक म्हःपुजा यस बर्ष स्थगित

नेवार समुदायको महान पर्व म्हःपुजा बिश्वभर छरिएर रहेका नेवारहरुले बिदेशमा पनि पारिवारीक तथा सामुहिक रुपमा मनाउदैँ आईरेहेको छ । यस बर्ष भने बिश्व कोरोना भाईरस कोभिड–१९ को महामारीका कारण सामुहिक रुपमा मनाउदैँ आईरहेको म्हःपुजा यस बर्ष भने स्थगित गरेको छन । जापाको फुकुओकामा पनि नेवार समुदायको साझा संस्था वल्र्ड नेवाः अर्गनाईजेशनले प्रत्येक बर्ष सामुहिक रुपमा म्हःपुजा मनाउदैँ आईरहेको थियो तर कोरोना कहरका कारण यस बर्ष भने पारिवारिक रुपमा मात्र मनाउने निर्णय गर्दै सामुहिक म्हःपुजा नगर्ने भएका छन ।

भिजन अनलाईन न्युजको दिपावलि शुभकामना सन्देश भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार