चोरीका गाडी भाडामा लगाएर लाखौं कमाउने पुडासैनी पक्राउ

  Visiononline news प्रकाशित:  2771 पटक हेरिएको

काठमाडौं कार्तिक, २९। महङ्गो मूल्यका गाडी चोरी गरी भाडामा लगाउने व्यक्तिहरू पक्राउ परेका छन् ।

काठमाडौं सहितका विभिन्न ठाउँबाट स्कार्पियो, फर्च्युनर लगायतका गाडी चोरी गरी भाडामा लगाउने मुकुन्द प्रसाद पुडासैनीलाई प्रहरीले पक्राउ गरेको हो।

गोरखा सुलिकोट–७ घर भइ हाल काठमाडौंको गोलढुङ्गा बस्दै आएका पुडासैनीले बा २१ च ८७१४ र बा १८ च ३१३८ नम्बरको स्कार्पियो तथा बा ११ च ९७९४ नम्बरको प्राइभेट फर्च्युनर गाडी चोरी गरी भाडामा लगाउँदै आएका थिए ।

गोलढुङ्गामा आदित्य ट्रान्सपोर्ट नामक गाडी भाडामा लगाउने कम्पनी सञ्चालक गर्दै आएका पुडासैनीले गाडी चोरेर भाडामा लगाउने गरेको सूचना प्रहरीमा आएको थियो ।

प्रहरीले पुडासैनीसँगै उनले चोरी गरेर भाडामा लगाएका ३ वटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुडासैनीले चोरीका गाडी भाडामा लगाएर लाखौं रुपैयाँको कारोबार गर्ने गरेका खुलेको छ ।

चोरीका गाडी भाडामा लगाउने पुडासैनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार