नेपाली जनप्रगतिशील मञ्च जापानको फुकुओका क्युस्यु क्षेत्रिय कार्यसमितिको अधिबेशन नोभेम्बर २० मा हुँदै, सबैलाई सहभागी हुन आमन्त्रण

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  376 पटक हेरिएको

जापान, कार्तिक २९ ।  

नेकपा माओबादी केन्द्रको प्रबास संगठन नेपाल जनप्रगतिशील मञ्च जापानको क्षेत्रिय अधिबेशनहरु जारी रहेको अबस्था छ । जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने तथा माओबादी केन्द्रमा आस्था राख्ने नेपालीहरुको साझा सगठन नेपाली जनप्रगतिशील मञ्च जापानको हिजो मात्र नागोया क्षेत्रिय कार्यसमितिको अधिबेशन सम्पन्न भएको छ । यस्तै जापानको क्युस्यु क्षेत्रमा पनि यहि नोभेम्बर २० तारिकको दिन नेपाल जनप्रगतिशील मञ्च क्षेत्रिय कार्यसमितिको क्षेत्रिय अधिबेशन गर्ने तयारी रहेको अध्यक्ष नवराज गौतमले जानकारी गराउनु भएको छ ।

यहि नोभेम्बर २० तारिक बिहान ११ बजेबाट शुरु हुने कार्यक्रम फुकुओका स्थित रहेको ससुरालीघर नेपाली रेष्टुरेण्ट मिनोसिमा गरिने तय भएको अध्यक्ष नवराज गौतमले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । हाल सदस्या नवीकरण तथा नयाँ सदस्यता जारी रहेको अबस्थामा फुकुओका क्षेत्रमा पनि उल्लेख्य मात्रामा सदस्य रहेकोले सबैलाई सदस्यता नवीकरण गर्न समेत आह्वान गर्नुभयो ।

नेपाली जनप्रगतिशील मंच जापान सदस्यता आबेदन / संगठित सदस्यता आबेदन,नवीकरण सदस्यता फाराम PDF FILE मा पठाईएको छ नेपाली जनप्रगतिशील मंच जापानको सदस्यता दुई प्रकारको रहने छ।

१. संगठित सदस्यता

२.साधारण सदस्यता संगठित सदस्यता

(क) संगठित सदस्यता नविकरण -विगतमा नेपाल तथा जापानमा हाम्रो पार्टीको सदस्यता लीएको हुनुपर्ने छ । स्थानांतरणको हकमा सम्बन्धित समितिको सिफारिस अनिवार्य हुनेछ ।

(ख )संगठित सदस्यता आबेदन – जनप्रगतिशील मंच जापानको केन्द्रीय समितिमा कम्तिमा १ कार्यकाल पुरा काम गरेको , केन्द्रीय बिभाग तथा आयोगको पदाधिकारीमा १ कार्यकाल काम गरेको र बिभिन्न क्षेत्रिय समितिको पदाधिकारी भई १ कार्यकाल काम गरेकोले हुनुपर्ने छ ।

साधारण सदस्यता नेपाली जनप्रगतिशील मंच जापानसंग बैचारिक तथा सांगठनिक रूपमा निकट रही मंचले गर्ने हरेक गतिबिधिमा सहयोग तथा समर्थन गर्दै बिगत तथा बर्तमानमा जनप्रगतिशील मंचको बिभिन्न समितिहरूमा काम गरीरहेको समेतले साधारण सदस्यता आबेदन दिन सक्नेछ । सदस्यता नबिकरण तथा आबेदनको लागी मंचले तोकेको लेबि ( शुल्क) मंचको खातामा फुरीकोमी गरी आबेदन फाराम संगै attach गरी सम्बन्धित कमिटीको संयोजक / ईनचार्ज वा संगठन बिभागका सदस्य मार्फत संगठन बिभागमा पठाईदीनुहोला । Account No.- ゆうちょ銀行-10170-43029911 ( ネパリ-ズ ピープルズ プログレシ-ブ ジ) ( समय – NOV. 10 सम्म )

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

नेपाली जनप्रगतिशील मञ्च जापान नागोयाको ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा हरीबाबु तामाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार