काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले जनाएको छ ।
भ्रमण बर्षको प्रचारप्रसारको लागि उपत्यका भित्रका एक हजार सवारी चालक र सह-चालकहरुलाई भ्रमण बर्षका बारेमा तालिमको ब्यबस्था गरिने छ । त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सह-चालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने भएको छ ।
यी कामको समन्वय भने पर्यटन मन्त्रालयमा, भ्रमण बर्ष सचिबालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यबसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायतले संयुक्त रूपमा गर्ने छन् । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन माननीय मन्त्रि योगेश भट्टराई स्वयम लागेका छन । प्रत्येक बिदेश भ्रमणमा समेत तथा स्थित राजदूताबाससंगको सहकार्यमा बिदेशमन्त्रिलगायतसंग छलफल गरी नेपाल भ्रमण बर्षमा सरिक हून समेत आमन्तरण गरेका छन । नेपालको भ्रमण बर्ष २०२० को प्रचारप्रसारलाई तीव्र बनाउनको लागी बिभिन्न देशका चर्चित कलाकारलाई समेत नेपाल भ्रमण बर्षको दूतको रूपमा नियुक्तसमेत गरेका छन ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० सफल बनाउन सहकार्य गरेकोमा पर्यटन मन्त्रि भट्टराईले यातायात ब्यबसायी राष्ट्रिय महासंघ र सबै सहयात्रीहरूलाई धन्यवाद दिएका छन
भ्रमण बर्ष २०२० को तयारीका केही झलकहरू फोटोमा