एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि नेपाललाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1178 पटक हेरिएको

बंगलादेश, कार्तिक, २८ । 

बंगलादेशको राजधानी ढाकामा भइरहेको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो ।

सहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध २५–१३, २५–१२ र २५–८ ले जितेर उपाधि उचालेको हो । १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण छ ।

कप्तानको रुपमा अरुणा शाहीको पहिलो प्रतियोगितामा पहिलो उपाधि भएको छ । अघिकांश युवा र कम अनुभवी खेलाडीको बाहुल्यकाबीच नेपाली खेलाडीले आत्मविश्वाश बंगलादेशमा प्रशंसनीय देखिएको थियो । नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई पराजित गरेको हो । सबै खेलमा नेपालले सोझो सेटको विजय हासिल गरेको हो ।

नेपाली महिला टोलीले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । त्यस प्रतियोगितामा काश्य जितेको नेपालले दक्षिण एसियाली खेलकुदमा ३ काश्य जितिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार