राप्रपा अध्यक्ष थापा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  654 पटक हेरिएको

काठमांडौ, कार्तिक १८। राप्रपा अध्यक्ष कमल थापा ४ डिसेम्बरबाट ६ तारिकसम्म अमेरिकाको वासिङ्टनमा संचालन हुने International Democratic Union को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज अमेरिका प्रस्थान गरेका छन । अमेरिका स्थित रहेका प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा प्रमुख आतिथ्यताको रूपमा पनि सहभागी हुने कार्यक्रम रहेको रप्रपाका केन्द्रीय सदस्य तथा प्रवक्ता रामकृष्ण श्रेष्ठले सामाजिक संजाल ट्विटरमा पोष्ट गरेका छन ।

संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा डिसेम्बर ४-६ मा हुने International Democratic Union Forum मा सहभागी हून अमेरिका गएका अध्यक्ष थापाले आफ्नो अनुपस्थितिमा धादिंगका राप्रकाका बरिष्ठ नेता तथा राप्रपा केन्द्रीय बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पनि जानकारी गराउनु भयो । राप्रपा अध्यक्षको अमेरिकाको वासिन्टन भ्रमणको क्रममा त्यहास्थित रहेका नेपाली समुदायसंग पनि भेटघाट कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार