मोरङमा डा.सिके राउतको पार्टीको पनि उम्मेद्वारी, केन्द्रीय राजनीतिमा हलचल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  973 पटक हेरिएको

२७ कात्तिक, विराटनगर । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट मोरङको धनपालथान गाउँपालिका– २ अध्यक्षमा उम्मेदवारी परेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा जनमत पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएकी छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार धनपालथान २ मा नेकपाबाट पंकजकुमार मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पाश्वान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, राप्रपा संयुक्तबाट ज्योति पाशवान र राजपाबाट चन्दानन्द मण्डलले मनोनयन दर्ता गराएका छन् ।

सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट मोरङको धनपालथान गाउँपालिका– २ अध्यक्षमा उम्मेदवारी परेसंगै स्थापित राजनीति दलका नेताहरूलाई टाउको दुखाईको विषय बनेको छ । उक्त क्षेत्र सि.के राउटको पकड क्षेत्र मानिन्छ । कांग्रेस, नेकपा र मदेशबादी दलले आ-आफ़ै दाबी गरीरको निर्वाचन क्षेत्रमा सि. के राऊतको पार्टीबाट पनि उम्मेद्वारी परेपछि भने जनताको मत बाडीने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार