बंगलादेश, कार्तिक २८ ।
नेपालले बंगलादेश बिरुद्धको पहिलो मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ । ढाकामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजीत भएको हो । बंगलादेशले नेपालको डिफेन्सको कमजोरीको फाईदा उठाउदै ९ औं मिनेटमा गोल गरेको थियो । त्यस पछि नेपालले दबाब बनाएर केही राम्रा अवसर सृजना गरे पनि गोलमा परिणत गर्न सकेन ।
दोस्रो हाफ्मा केही कमजोरी गर्दा नेपालले ८० औं मिनेटमा दोस्रो गोल खान पुग्यो । त्यस पछिका अवसरमा पनि नेपाली खेलाडी गोल गर्न चुकेका थिए । बंगलादेशका थुप्रै प्रहारलाई नेपालका भरपर्दा किप्पर एवं कप्तान किरण चेमजोङले बचाउ गरेका थिए ।
नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल मंसीर २ गते खेल्ने छ ।
नेपालका मुख्य ८ जना राष्ट्रिय टोलीका नियमित सदस्यहरु कोरोना संक्रमित र घाईते भएकाले पनि यस पटक प्रशिक्षक बालगोपाल महर्जनले नयाँ ६ जना खेलाडीलाई स्थान दिएका थिए । सन् २०२२ को विश्वकप छनौटका लागि भईरहेका खेलहरुमा नेपालले अझै जोर्डन, अष्ट्रेलिया, चाईनिज ताईपेईसगँ एक एक खेल खेल्न बाँकी रहेको छ । त्यसैको तयारीका लागि नेपाल बंगलादेश गएको हो ।