नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, टिकटक (Tiktok) मा प्रतिवन्ध लगाउने देशको संख्या हाल २७ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  368 पटक हेरिएको

काठमान्डौ, कार्तिक २७ । 

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

टिकटक (Tiktok) मा प्रतिवन्ध लगाउने देशको संख्या हाल २७ पुगेको छ।

१) बेलायत:- सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

२) अमेरिका:- सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२

३) न्यूजिल्यान्ड:- GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिवन्ध सन् २०२३

४) क्यानडा:- गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३

५) ताइवान:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२२

६) बेल्जियम:- गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै सन् २०२३

७) डेनमार्क:- साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली,निकायमा प्रयोग प्रतिवन्ध सन् २०२३

८) पाकिस्तान:- जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२०

९) अफगानस्तान:- युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी

१०) भारत:- गोपनियता, सुरक्षा जोखिम र टिकटकको ByteDance technology जोखिम देखाउदै टिकटक लगायत चीनिया अन्य एप प्रयोगमा प्रतिवन्ध सन् २०२०

११) सोमालिया:- गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिवन्ध सन् २०२३

१२) अर्मेनिया:- विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०

१३) अजरवैजान:- नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०

१४) बंगलादेश:- पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१

१५) इन्डोनेसिया:- धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै सन् २०१८

१६) ईरान: धार्मिक कारण देखाउदै सन् २०२३

१७) जोर्डन:- प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिवन्ध सन् २०२२

१८) अष्ट्रिया:- अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै सन् २०२३

१९) ईस्टोनिया:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२३

२०) फ्रान्स:- Data security जोखिम देखाउदै Tiktok,Twitter, instagram, Netflix, Candy Crush लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३

२१) आयरल्यान्ड:- साईवर सुरक्षा जोखिम देखाउदै सन् २०२३

२२) लाटभिया:- सुरक्षा जोखिम देखाउदै सन् २०२३

२३) माल्टा:- साईवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिवन्ध सन् २०२३

२४) नेदरल्यान्ड :- Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२

२५) नर्वे:- राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिवन्ध सन् २०२३

२६) अष्ट्रेलिया:- सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाईस र मोवाईलमा प्रयोगमा प्रतिवन्ध सन् २०२३ र २७. नेपाल गरी टिकटक बन्द गर्ने देश २७ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार