जापान, कार्तिक २८ ।
जापानको फुकुओकाबाट हरेक हप्ता भिजन अनलाईन न्युजबाट नियमित रुपमा प्रसारण हुदै आईरहेको टेलिभिजन कार्यक्रमहरु “भिजन संबाद” र “राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस” कार्यक्रम बिगत केहि हप्ताबाट प्रसारण स्थगित गरिएको थियो । भिजन अनलाईन न्युजको केन्द्रिय कार्यालय नयाँबजार, काठमाण्डौँका सम्पादक समेत रहेका कलाकार तुलशा कटुवाल/शाक्यलाई निमोनिया सहित कोरोना पुष्टि भएपछि भिजन अनलाईन न्युजबाट प्रशासण हुदै आईरहेको उक्त कार्यक्रमहरु अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको थियो ।
कलाकार तथा भिजन अनलाईन न्युजका सम्पादक तुलशा कटुवालको स्वास्थ्यमा क्रमिक सुधार आएसँगै जापानको फुकुओकाबाट प्रसारण हुदै आईरहेको “भिजन संबाद” र “राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस” कार्यक्रम पुनःशुरु गर्न लागिएको हो । हिजो मिति २०७७ कार्तिक २७ गतेको संचालक समिति र कार्यालय कर्मचारीहरु बिच भएको छलफलबाट उक्त निर्णय गर्दै दुबै कार्यक्रमहरु संचालन गर्न लागिएको हो ।
उक्त भिजन संबाद कार्यक्रम जापानको फुकुओकाबाट प्रमुख सम्पादक सन्तमान शाक्य र गेष्ट कार्यक्रम संचालक सचिन नेम्बाङ्गबाट संचालन हुदै आईरहेको थियो भने अर्को कार्यक्रम राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम भने जापानको नागासाकिबाट युवा प्रस्तोता बिष्णु रोकायाले संचालन गर्दै आईरहेको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।