फुकुओकामा बाणिज्य दुताबासको उद्घाटन समारोह सम्पन्न

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  122 पटक हेरिएको

जापान, कार्तिक २८ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जापानको क्युशु फुकुओकामा वाणिज्य दुताबास स्थापना भइ नोभेम्बर ११ तारिक उद्घाटन सम्पन्न भएको छ । क्युशु क्षेत्रमा लगभग ७ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन भने लगभग ५ हजार फुकुओका शहरमा रहेको तथ्याङ्क छ,बिगतमा फुकुओका शहरमा वाणिज्य दुताबास रहेता पनि गत दुइ बर्ष अगाढी देखि खाली रहेको थियो ।

फुकुओकामा बिशेषगरी बिद्यार्थीको संख्या बढी रहेको हुँदा विभिन्न दैनिक जिबनका समस्याहरु,प्रसासनिक समस्याहरु बढ्दै गएको र अहिले विश्वभरी फैलिएको कोरोना भाइरसका कारण उब्जिएका केही समस्याहरुको समाधानका लागि पनि बाणिज्य दुताबास निकैनै आवश्यक थियो ।

यसै कारण नेपाल सरकारबाट फुकुओका बाणिज्य दुतका लागि किमोतो युइचिरो लाइ नियुत्त गरिएको थियो,यसका साथै गत अक्टोबर २६ तारिकबाट हाकाता एकी हिगासीमा बाणिज्य दुताबासको कार्यालय खोलिएको छ र यसको उद्घाटन समारोह हिजो अर्थात नोभेम्बर ११ तारिक सम्पन्न भएको छ ।
उद्घघाटन समरोहमा फुकुओका प्रिफेक्चर र सिटीका प्रतिनिधि विभिन्न जापानिज संघ संस्थाका प्रतिनिधिहरु,जापानिज भाषा स्कुलका प्रतिनिधिहरु,ब्यबसायिक ब्यक्तिहरु,स्थानिय नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिती रहेको वाणिज्य दूतका सचिब दिपक देबकोटाले भिजन अनलाईन न्युजलाई जानकारी गराए ।

पछिल्लो समय जापानमा कोरोना बढ्दो क्रम सँगै नेपालीहरुमा पनि यसको सन्क्रमण धेरै फैलिएको आँकलन भए सँगै कार्यक्रमको प्रमुख अतिथ्यता महामहिम राजदुत श्रीमती प्रतिभा राणा ज्युले ZOOM (जुम ) मार्फत गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय ब्यूरो, योजना र क्षेत्रीय विकास विभाग, फुकुओका प्रान्त का निर्देशक फुरुकावा र फुकुओका शहर सामान्य मामिला योजना ब्यूरो अन्तरराष्ट्रिय बिभागका निर्देशक कुबोता ले शुभकामना दिदै यहाको नेपालीहरुको लागि र नेपाल जापान हित सँग सकिने सहकार्य र सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो त्यस्तै क्युस्युमा सकृय संघ संस्था हरुको प्रतिनिधित्त्व गर्दै धर्मराज अधिकारि ज्युले आफ्नो सुभकमाना मन्तब्य राख्नुभएको थियो ।

यसैगरी नेपाल झल्किने नृत्य तथा नेपाली बाजा प्रयोग गरिएका धुनहरु प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नब नियुक्त बाणिज्य दुत किमोतो युइचिरोले उपस्थित सबैलाई धन्यबाद दिँदै आफु पनि झन्डै २२ बर्ष जति बिदेशको जीवन ब्यतित गरेकोले परदेशको सकशको अनुभब भएकोले नेपाल र नेपालीको हितको लागि र दुइ देशको हितको लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बिचार ब्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रमका केहि झलकहरु 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार