डा.केसीसँग तत्काल वार्ता गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  759 पटक हेरिएको

काठमाडौं कात्तिक, २६ । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाली जनताले समेत चासो र समर्थन गरेको डा.केसीको अनसनमा लगानी कर्ता संघ कि अध्यक्ष राधा पोखरेलले समेत सरकारको ध्यानाकर्षण गर्दै आफ्नो धारण सार्वजनिक गरेकि थिईन । जनस्तरबाट नै डा.के.सीको जीवन रक्षाको माग हुन थालेपछि काग्रेसले पनि आज पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गरेको हो । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता गरेर उनका जायज मागहरु पुरा गर्न आग्रह गरेका हुन ।

‘डा. केसीको जीवन लक्षाका लागि तत्काल बार्ता टोली गठन गरेर जायज माग पूरा गर्ने अग्रसरता सराकारले लेओस् भन्नी अपिल र आग्रह गर्न चाहन्छौं’, उनले भने । सातबुँदे माग राखेर डा. केसी ८ दिनदेखि डडेल्धुरामा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको छ । तर सरकारले वार्ताको प्रयास गरेको छैन ।

स्वास्थ्य अबस्था नाजुक भएको भन्दै डडेल्धुरा अस्पतालको प्रेस बिज्ञप्ति पछि सरकारले थप उपचारको लागि काठमाण्डौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर समेत पठाएको थियो ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार