नेकपा सचिवालय बैठक शुक्रबार ४ बजेलाई बोलाईयो, महासचिबद्धारा सबै सचिवालय सदस्यहरुलाई गराए जानकारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  80 पटक हेरिएको

काठमाडौं, कात्तिक २७ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार सचिवालय बैठक बोलाएका थिए ।

गत शनिबार बहुमत सचिवालय सदस्यहरूले लिखित पत्र बुझाउँदा पनि प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका थिएनन् । विधानको धारा ५९ (४) अनुसार महासचिव विष्णु पौडेललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार