बाग्मति प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्यो, जम्मकट्टेलले अर्थ र लामाले स्वास्थ्य मन्त्रिमा लिए शपथ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  360 पटक हेरिएको

हेटौंडा, कात्तिक २५ ।  

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषदमा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्रिमा नियुक्त गरी आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता शालिकराम जम्कट्टेल र कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

धादिङ्गका जम्कट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र सिन्धुपाल्चोकका लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीलाई आजै शपथ गराउनुभयो । गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हाल्नुभएको थियो ।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार