जापानको फुकुओकाको लागि नियुक्त वाणिज्य दूतको स्वागत तथा कार्यालय उद्घाटन नोभेम्बर ११ तारिक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1002 पटक हेरिएको

जापान, कार्तिक २५ ।  

जापानको लागि नेपाली दूतावास टोक्योले क्यूशु क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको र नेपाली समुदायहरुमा पर्ने बिभिन्न समस्या तथा सरलीकरण गर्ने उद्देश्यले क्यूशु क्षेत्रको लागि नया महावाणिज्य दूत नियुक्त गरेको छ । क्यूशु क्षेत्रमा लगभग ८ हजार देखी १० हजारसम्म नेपालीहरूको बसोबास रहदै आएको छ । फुकुओका क्षेत्रमा नेपालीहरूको जनघनत्व बढ़दई गईरहेको सन्दर्भलाई मध्यनजर गर्दै फुकुओकामा रहेका अग्रजहरूको पहलमा नया महावाणिज्य दूत नियुक्त गर्न सफल भएको हो ।

संघीय गणतंत्र नेपालको जापानको फुकुओकामा रही नेपाल र नेपालीको लागि काम गर्न इक्छुक ब्यक्तिलाई वाणिज्य दूतको रूपमा नियुक्त गरीएको हो । फुकुओकाको लागि नबनियुक्त वाणिज्य दूत किमोतो युईचिरो रहेका छन । कोनान बिश्वबिध्यालयबाट स्नातक उत्तीर्ण गरेका किमोतो युईचिरोले हालसम्म ब्राजिलमा गई कम्पनीको प्रबन्धक भई काम गरीसकेका छन । हाल जापानको क्योउदाई रेमिट्यंन्स कम्पनीको प्रमुखको रूपमा काम गर्दै आईरहेका किमोतो युईचिरो नेपाल सरकारले जापानको फुकुओकाका लागि नया वाणिज्य दूतको रूपमा यही अक्टोबर २० तारिकबाट कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको हो । हाल यही अक्टोबर २० तारिकबाट हाकता एकी माए कार्यालय स्थापना गरीएको छ ।

यस कार्यालयको भोलि नोभेम्बर ११ तारिक औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको महावाणिज्य दूत किमोतोका सचिब दिपक देवकोटाले भिजन अनलाईन न्युजलाई जानकारी गराएका छन । फुकुओकामा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि, जापानका फुकुओका स्थित रहेका कार्यालयका प्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा फुकुओकाको तेंज़िंगस्थित होटेल ओटनीमा उद्घाटन तथा स्वागत कार्यक्रम राखीएको पनि जानकारी गराऊनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार