लक्षण देखिएका संक्रमितको सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  412 पटक हेरिएको

 काठमाडौं, कार्तिक २५ ।  

सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो। अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो। फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सच्याउन दबाब परेको थियो। मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार निजी अस्पतालबारे भने केही निर्णय गरिएको छैन्।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार