गोरखा जिल्लाको दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट शुरू

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1226 पटक हेरिएको

गोरखा, कार्तिक, २४ ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका संरक्षण तथा प्रबद्धनमा दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट बिबिध सांस्कृतिक कार्यक्रमहरुका साथ हुदै छ । स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रबद्धन, धर्म कला र संस्कृतिको सम्बद्धन भन्ने मूल नाराका साथ दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आयोजना गरिएको आयोजक कमिटिले जनाएको छ ।

कार्तिक २४ र २५ गते भोलिसम्म आयोजना हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायक रामजी खाँड, गायिका प्रीति आलेमगर, गायिका चिजा तामाङ्ग, गायिका सुमित्रा तामाङ्ग, गायक संजय गुरुङ्ग र डान्सर कबिता नेपालीका साथसाथै स्थानीय कलाकाहरुको समेत प्रस्तुती रहेको कलाकार चिजा तामाङ्गले भिजन अनलाईन न्युजसंगको संबादमा बताउनु भयो । आफुलाई सन्चो नभए पनि आफ्नै गृह जिल्ला गोरखाको कार्यक्रम भएकोले सहभागि हुन गोरखा आएको समेत जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार