फुकुओका, जापान, कार्तीक,२४ ।
चौंथो ओहासी फुटसल कपको उपाधी खुकुरी एफसीले जितेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा शनीबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । यस संगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको छ ।
शनिवार सम्पन्न खेलमा बिहानी एफसीले पनि उत्कृष्ट टिममा पर्न सफल हुदै सान्त्वना पुरस्कार मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो। बिहानी एफसीले लिग चरण र नकआउट चरणका खेलहरुमा २ खेलमा जित निकाल्दै २ टिम संग बराबरी खेलेको थियो। अन्तत बिहानी एफसीले फाईनल खेलका लागी सेमीफाईनल खेलमा बिजेता टिम खुकुरी एफसी संग हार ब्यहोरेको थियो ।
त्यस्तै उक्त खेलमा केआइईसि ईगल्सले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै सेमी फाईनल सम्मको स्थान सुरक्षित गरेको थियो । तर सेमीफाईनलमा अर्कों प्रतिस्पर्धी गोरखा ब्रोदर्ससंग हार ब्याहोरेको थियो । उक्त खेलमा १६ टिम सहभागी भएका थिए । प्रत्येक ४/४ महीनामा आयोजना हुने उक्त फुटसल फुटबलको आयोजना भने ओहाशी ग्रुपले गरेको थियो ।
जित संगै खुकुरी एफसीले ३ लाख जापानीज येन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो, भने उपविजेता टिम गोर्खा ब्रदर्शले १ लाख ५० हजार जापानीज येन सहित मेडल प्राप्त गरेको थियो ।