यूके लण्डन, नोभेम्बर,११ । केहि दिन अघि नेपालका माननीय संस्कृत, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि योगेश भट्टराईको यूके लण्डन भ्रमण भएको थियो । सो समयमा नेपाली दुताबासमा भएको भेटघाटको समयमा खिचिएको तस्विरमा पूर्व प्रधानमन्त्रि शेर बहादु देउबाको फोटो राखी पोस्टखबर डटकमले समाचार संप्रेषण गरेको थियो ।
समाचारमा पुरानो तस्बिर राख्दै पोष्टखबर डटकमले लण्डनको नेपाली दुताबासमा पूर्व प्रधानमन्त्रिको फोटो शीर्षकमा समाचार प्रकाशन भएको केहि समय पछि मन्त्रि योगेश भट्टराईले समाचार सिअर गर्दै हालको फोटो समेत पोष्ट गर्दै यथार्थ पृष्टभूमिमा बसेर समाचार संप्रेषण गर्न ध्यानाकर्षण समेत गरेका थिए । “यो हो लण्डन स्थित नेपाली राजदुताबासको बैठक कक्ष जहाँ राष्ट्रपति र प्रधानमन्त्रिको फोटो प्रष्ट देखिन्छ । जुन केहि पत्रकारले अर्कै देखिएछ । हामीले के भनौ ?” भन्दै ट्वीटर लगायत सामाजिक संजालमा पोष्ट गरेका थिए । सोही सन्दर्भमा ध्यानाकर्षण भएको भन्दै युके स्थित नेपाली राजदुताबासले प्रेस बिज्ञप्ति जारी गरेको हो । लण्डनमा रहेको नेपाली द्ताबासले उक्त फोटो माननीय संस्कृत, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि योगेश भट्टराईको ५ जुलाई २०१७ मा यस राजदुताबासमा भ्रमण गर्नुहुदा बखतको फोटो रहेको समेत स्पष्ट पारेको छ ।
समाचार संप्रेषण गर्दा कहिलेकाहि हामी चुकेको हुन्छ । सस्तो लोकप्रीयताको लागि गलत समाचार संप्रेषण गर्नु पत्रकारको धर्म होईन । हाम्रो सानो गल्तीले राष्ट्र र राष्ट्रियतामा समेत आँच आउछ तसर्थ समाचार सप्रेषण गर्दा सहि तथ्यपरक समाचारलाई स्थान दिन जरुरी हुन्छ यो नै पत्रकारको धर्म हो ।