अतिक्रमिक टुँडिखेल बिरुद्ध पूर्व प्रधानमन्त्रि देखि जनताको आक्रोश

  भिजन अनलाईन न्यूज संबाददाता प्रकाशित:  1613 पटक हेरिएको

काठमाडौं कात्तिक, २३ । अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ ।‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो ।

पूर्वयोजना टुँडिखेल नै घेर्ने थियो, तर उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति नभएपछि खुलामञ्च र रत्नपार्कमात्र घेरिएको थियो ।

नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए । सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् ।

कात्तिक, काठमाडौं । अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो । बर्षै देखि नेपाली राजनितिको सभा तथा बिबिध कार्यक्रम गर्ने टुडिखेल पछिल्लो समय सरकारले नै ब्यापारी प्रयोजनको लागि ठेक्का दिएको थियो ।

भूकम्प पश्चात उथलपुथल भएको नेपालको भौतिक संरचनाहरु कति भूकम्पबाट ध्वस्त भए भने कति पय मानवीय कमजोरीका कारण कुरुप अवस्थामा छन ।

जनता तथा राजनितिक दलहरुले बिबिध कार्यक्रम गर्दै प्रयोगमा रहेको खुल्ला मंच एकाएक जनताको नजरबाट गायब भयो र चारैतिरबाट जस्ताको बारले घेरेर गुप्तरुपमा अर्धबसपार्क तथा ब्यापारीक केन्द्रको रुपमा स्थापित गरे । पछि जनताको बिरोध पछि ब्यापार ब्यबसाय गरेर बसेका घर टहरा भने हटाय तर पनि खुल्ला मंच जनताको लागि खुल्ला भएर । आज त्यस्कै बिरोधमा देशका पूर्व प्रधानमन्त्रि, मन्त्रि देखि स्वतस्फुर्त रुपमा जनताको अगुवाईमा ‘अकुपाई टुँडिखेल अभियान‘ गर्दै सरकारको बिरोधमा जनता सडकमा उत्रेका छन । शहरको बिचमा रहेको त्यहि खुल्ला मंच पनि अतिक्रमण गरेर ब्यापारी केन्द्रमा परिवर्तन गर्न लागेपछि जनतामा आक्रोश बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार