काठमाण्डौँ, कार्तिक २४ ।
बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बिश्वभरी तिब्र रुपमा फैलिएको छ । नेपालमा पनि पछिल्लो समय त्यसको प्रभाब तिब्र छ । पछिल्लो समय नेपालको राजधानी काठमाण्डौँमा त्यसले महामारीको रुप लिईरहेको छ । काठमाण्डौ उपत्यकामा प्रत्येक दिन ३/४ हजारमा संक्रमण पुष्टि हुदैँ आएको छ । संक्रमण तिब्र रुपमा फैलिदै गईरहेको सन्दर्भमा भिजन अनलाईन न्युजका सम्पादक समेत रहेका कलाकार तुलशा कटुवाललाई पनि १ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । धादिङ्ग घर भई काठमाण्डौँ बस्दै आईरहेका सम्पादक तथा कलाकार तुलशा कटुवाल काठमाण्डौँमा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि गृह जिल्ला धादिङ्ग गएका थिए । २ महिनाको धादिङ्ग बसाईमा खासै संक्रमणको कुनै लक्षण नदिए पनि दशैँको १ हप्ता अगाडिबाट रुघाखोकि, बमिटिङ्ग र सामान्य ज्वरो देखिएको थियो ।
बाह्य ब्यक्तिको सम्पर्कमा नआएकोले जिल्ला अस्पताल धादिङ्गमा सामान्य चेकजाँच गरि औषधि सेवन पश्चात निको भई घर फर्किएकी थिईन । त्यसको १ हप्ता पछि पुन स्वास्थ्यमा समस्या देखिन थालेपछि पहिले कै औषधि सेवन गरि बसेका थिए । एकाएक कम्मर भन्दा मुनि देब्रे खुट्टा दुख्ने, चलाउन हिडडुल गर्न पनि समस्या हुने, स्वाशप्रस्वास पनि समस्या देखिए पछि थप उपचारको लागि काठमाण्डौँ ल्याईएको थियो । पहिले पनि निमोनिया भएकोले पुनः निमोनिया बल्झिएको होला भनि बौद्धस्थित क्लिनिकमा छातिको एक्सरे गरि गर्दा सामान्य ईन्फेक्सन देखिएको थियो । अस्पताल भर्ना गर्न खोज्दा कोरोना परिक्षणको रिपोर्ट पेश नगरि कुनै पनि अस्पतालले भर्ना लिन नमाने पछि स्टार हस्पिटलमा गई कोरोना परिक्षण गरिएको थियो । कोरोना परिक्षण्को रिपोर्ट भोलिपल्ट बिहान ९ बजे आएको थियो ।
काठमाण्डौँ स्थित स्टार हस्पिटलको रिपोर्ट कोरोना पोजेटिभ आएको र आफ्ना सम्पर्कमा आएकालाई उचित साबधानिका साथै कोरोना परिक्षण गराउन समेत भनेकी छिन । निमोनिया समेत बल्झिएपछि स्वास्थ्यमा जटिल समस्या आउन सक्ने अबस्थाको मध्यनजर गर्दै काठमाण्डौँको बिभिन्न अस्पतालमा भर्नाको लागि लगातार प्रयास गर्दा पनि कहि पनि बेड खालि नपाएपछि निजको दाजु कुमार कटुवालको सहयोगमा स्वास्थ्य मन्त्रालयको सहकार्यमा टेकु अस्पतालमा एक बेड उपलब्ध भएको थियो । साथमा ३ बर्षको सानी छोरि समेत रहेकोले अस्पतालमा कोरोना संक्रमित बाहेक अन्य ब्यक्तिलाई नराख्ने भेट्न समेत असहज हुने भएपछि परिवारको सल्लाहमा घर मै सम्पुर्ण परिवार नै होम आईसोलेशन बस्ने निर्णय गर्दै होम आईसोलेशन बसेका थिए ।
परिवारको साथ सहयोग र पुर्ण हेरचाहमा घरमा नै आईसोलेशन बसेका सम्पादक तथा कलाकार तुलशा कटुवालको पछिल्लो समय स्वास्थ्यमा क्रमिक सुधार आएको र अबको केहि दिन पश्चात पुन कोरोना परिक्षण गर्ने भिजन अनलाईन न्युज परिवारलाई जानकारी गराएको छ । डा.सगिर ढुङ्गानाको प्रत्यक्ष सल्लाह र निगरानिमा रहेका तुलशा कटुवालले डा. ढुङ्गाना कै सल्लाह बमोजिम औषधि सेवन गरिरहेको समेत जनाएको छ । भिजन अनलाईन न्युजका संचालक समितिका सदस्य समेत रहेका तुलशा कटुवाललाई परिवार, आफन्तजन, साथिभाई, संचारकर्मिहरुको समेत सकारात्मक सुझाब र हौसलाका कारण पनि स्वास्थ्यमा क्रमिक सुधार आएको बताउछिन ।
कोरोना संक्रमणको समयमा परिवारले दिएको साथ सहयोग र हौसल्ला बिरामिको लागि तथा बिषेशत कोरोना संक्रमितको लागि प्रमुख औषधि कै रुपमा हुने भएकोले कोरोना संक्रमितलाई समाजले सकारात्मक रुपमा हेर्नुपर्ने र बिरामि हौसल्ला दिनु पर्ने समेत बताउछिन । केहि दिन अघि प्रतिनिधि सभाका पुर्व सभामुख कृष्ण बहादुर महराको धर्मपत्निको निमोनियाका साथसाथै कोरोना संक्रमणबाट ज्यान गुमाएपछि दुख लागेको र त्यस घटनाले आफुलाई समेत त्रसित पारेको समेत बताउछिन । बिश्वमा कोरोना संक्रमणको आधिकारिक औषधि उत्पादन नभईरहेको सन्दर्भमा कोरोना संक्रमणको औषधि भने कै बिषेशत बिरामिको आत्मबल, परिवार साथसर्पोट र हौसल्ला नै प्रमुख रहेको समेत बताउछिन ।
भिजन अनलाईन न्युजका संचालक समितिका सदस्य, सम्पादक तथा कलाकार समेत रहेकी तुलशा कटुवाललाई कोरोना संक्रमण पुष्टि भएपश्चात जापानको फुकुओकाबाट नियमित रुपमा प्रसारण हुदै आईरहेको टेलिभिजन कार्यक्रम “भिजन संबाद” र “राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम” समेत केहि हप्तादेखि स्थगित गरिएको थियो । भिजन अनलाईन न्युजद्धारा संचालन गर्दै आईरहेको उक्त कार्यक्रमहरु अबको केहि दिनबाट पुनः संचालनमा आउने समेत सम्पुर्ण दर्शक स्रोताहरुलाई जानकारी समेत गर्दछौँ । साथै भिजन अनलाईन न्युज परिवार सम्पादक समेत रहेका कलाकार तुलशा कटुवाल/शाक्य छिट्टै कोरोनालाई जिति सामान्य जिवनमा फर्किउन साथै शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।