राष्ट्रिय कलाकारहरुको साथमा धादिङ्गको गंगाजमुना मेला सम्पन्न

  भिजन अनलाईन न्यूज संबाददाता प्रकाशित:  1574 पटक हेरिएको

धादिङ्ग, कार्तिक, २२ ।

Image may contain: 16 people, people smiling, text

धादिङ्ग जिल्लाको उत्तरी भेग फुलखर्क, गंगाजमुना गाउपालिकामा अवस्थित गंगाजमुना माई मेला हिजो बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ । धादिङ्गको उत्तरी भेगमा रहेको उक्त गंगाजमुना माईको जात्रा प्रतेक बर्ष कार्तिक शुक्लपक्ष दशमीको दिन मनाउदै आएको छ । हिजो कार्तिक २१ गते दशमीको दिन पर्ने गंगाजमुना माईको मेलामा धादिङ्ग जिल्ला लगायत आसपासका जिल्ला गोरखा र नुवाकोटबाट समेत दर्शालु भक्तजनहरु आउने गर्दछ ।

Image may contain: 8 people, including Tamang Chija, people smiling, people standing, mountain, outdoor and nature

धादिङ्ग जिल्लाको पर्यटकीय क्षेत्र समेत रहेको गंगाजमुना क्षेत्रमा पछिल्लो समय ब्यबस्थापन समिति समेत गठन गरी बिबिध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ । उक्त मेलालाई आकर्षक बनाउनको लागि राष्ट्रिय स्तरका कलाकार र स्थानीय कलाकारहरुको समेत नृत्य तथा स्थानीय झाँकी नाचहरुको समेत प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा कलाकार रितु तामाङ्ग लगायत अन्य कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।

Image may contain: 1 person, standing, outdoor and nature
कलाकार रितु तामाङ्ग

गंगाजमुना माई मन्दिरको धार्मिक महत्व

Image result for dhading gangajamuna temple
गंगाजमुनामा अबस्थित झरना

धादिङ्ग जिल्लाको उत्तरी भेगमा अबस्थित गंगाजमुना मन्दिर गंगाजमुना गाउँपालिकामा पर्दछ । गंगाजमुना माई मन्दिर पहाडको बीच भागमा अवीसथत रहेको छ । गंगाजमुना मन्दिर धादिङ्ग जिल्लाको पुरानो धार्मिक स्थल हो । त्यहा गएर गंगाजमुना झरनामा नुहाएमा शरिर भित्रको राग निको हुने किम्बदन्ती रहेको छ। १३०० बर्ष पहिले उक्त पहाडको बीच भागमा गंगा र जमुना नाम गरेकी बाहुनका दुई छोरीहरु बेपत्ता भएको र परिवार खोज्दै आउदा भित्र गुफाबाट हामी सुरक्षित यहि रहेकोले हामिलाई पुजा आजा गर्नुहोला भने पछि उनै गंगाजमुनाको सम्झनामा प्रत्येक बर्ष गंगाजमुना माईको मेला शुरु भएको मानिन्छ । उक्त पहाडबाट झरेको २ वटा झरनालाई गंगा र जमुनाको नामबाट चिनिन्छ ।

Image result for dhading gangajamuna temple

उक्त स्थानमा कुकुर धारा नाम गरेको धारा पनि रहेको र त्यहाँ गएर नुहाएमा कुकुरले टोकेको घाउ चोटपटक निको हुने जनबिश्वास रहदै आएको छ । सोही जनबिश्वासका आधारमा प्रत्येक बर्ष भक्तजनहरुको मात्रा बृद्धि हुदै आएको पनि ब्यबस्थापन समितिले जनाएको छ । पहाडको बीचमा रहेको उक्त गंगाजमुना माईको मन्दिरमा जाने बाटो अफ्ट्यारो रहेको तर पछिल्लो समय भने बार सहितको बाटो निर्माण गरिएकोले भक्तजनहरुलाई पहाडको बीचमा अबस्थित गंगाजमुना माईको दर्शन गर्न सहज भएको स्थानीय तथा आगन्तुक भक्तजनहरुले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार