जापान, कार्तिक २३ ।
यहि नोभेम्बर ६ तारिखको उडानमा नेपाल एयरलायन्सको उडानबाट जापान आएका ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालबाट संक्रमित नरहेको रिपोर्ट लिएर आएका उनिहरुमा जापानको बिमानस्थलमा गरिएको परीक्षणमा कोभिड(१९ पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् ।
विगतमा जस्तै यस पटकका संक्रमितहरुमा पनि खासै कुनै लक्षण देखिएको थिएन । पछिल्लो पटक थपिएको नयाँ ७ जना सहित जापानको एयरपोर्टमा कोरोना संक्रमित पुष्टि हुनेहरुको संख्या ४३ जना पुगेको छ । संक्रमितहरु मध्ये अधिकांस निको भएर डिस्चार्ज भइसकेका छन ।
नेपाल एयरलायन्स मार्फत जापान आएका अधिकांश यात्रुमा संक्रमित भेटिएपछि नेपाल एयरलायन्सलाई नारिता बिमानस्थल स्थित अध्यागमनले चेतावनि समेत दिएको थियो । नेपालबाट आएका यात्रुमा धेरै संक्रमित भेटिन थालेपछि नेपाल जापान सिधा हवाई सेवामा समेत थप प्रभाव पर्ने देखिन्छ ।