
जनकपुरधाम, कात्तिक, २२ । कात्तिक २४ गते आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको हो ।

मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर एक दिन बिदा दिनेगरी यसअघि नै आफ्नो विदा सम्बन्धी क्यालेण्डर बनाएको थियो ।
