भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको बिरोध प्रदर्शन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1484 पटक हेरिएको

काठमाडौं, कात्तिक, २२।

भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौं स्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । सत्तारुढ र बिपक्षी दल समर्थित बिद्यार्थीहरुले देशका बिभिन्न ठाउँमा बिरोध प्रदर्शन जारी राखेको छ ।

शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । आज बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको बिरोध सभामा पहराको लागि प्रहरीको उपस्थिति पनि बाक्लो रहेको छ ।

शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए । शुक्रबार बिहान नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

लैनचौरस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन हुन थालेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार