
भारत, कार्तिक-२२ ।

भारतको भरतपुर पास कोलोनी सुर्या सिटीमा बिहीबार साँझ महिला डाक्टरले डाक्टर पतिकी प्रेमिकाको घरमा आगो लगाएर बाहिरबाट बन्द गरिदिइन् । आगोमा जलेर युवती र उनका ६ वर्षका बच्चाको मृत्यु भएको छ । बचाउने प्रयासमा लागेका उनका भाइ समेत घाइते भएका छन् । ती युवती डाक्टर दम्पत्तीको क्लिनिकमा काम गर्थिन् । पतिसँग अफेयर रहेको सुइँको पाएपछि महिला डाक्टरले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तरपनि डाक्टर र युवतीको भेटघाट जारी रहेको थियो । डाक्टरले युवतीलाई बस्नका लागि घर पनि दिएका थिए ।

बिहीबार साँझ ४ बजे महिला डाक्टर सीमा गुप्ता, सासु सुलेखासँग डाक्टर पति सुदीप गुप्ताकी प्रेमिका दीपा गुर्जरलाई धम्की दिन पुगेकी थिइन् । दुवैका बीच भनाभन चहिरहँदा अचानक उग्र भएकी महिला डाक्टरले आफूसँगै ल्याएको स्प्रीटको बोतल फर्निचरमा खन्याएर आगो लगाइदिइन् र बाहिरबाट ढोका बन्द गरिदिइन् । लगतै आगोले यति भयानक रुप लियो कि घरमा पस्ने आँट कसैले गर्न सकेन् । त्यही बेला त्यहाँ पुगेका दिपाका २१ वर्षीया भाइ अनुजले घरमा पस्ने प्रयास गरे तर उनी पनि घाइते भए । आगो लागेर २५ वर्षीया दीपा र उनका ६ वर्षीया छोराको मृत्यु भयो । दमकलको सहारामा करिब आधा घण्टामा आगो निभाइएको थियो । प्रहरीले डा. सुदीप, उनकी पत्नी सीमा र आमा सुलेखालाई हिरासतमा लिएको छ ।
डा. सुदीपको काली बगीची इलाकामा श्रीराम अस्पताल छ । सीमाको क्लिनिकमा काम गर्थिन दीपा दीपा गुर्जर करिब २ वर्ष पहिलेदेखि डाक्टर सीमा गुप्ताको कालीकी बगीचीस्थित श्रीराम अस्पतालमा काम गर्थिन् । यस दौरान डा. सुदीपसँग उनको परिचय भएको थियो । दुई बीचको प्रेम सम्बन्ध थाहा पाएपछि दीपाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, उनीहरुको मेलमिलाप जारी रहेको थियो । उक्त घटना सम्बन्धि समाचार भारतीय अनलाईन पत्रिका दैनिक भाष्करले छापेको छ ।
