विन्दु परियारको ‘भनन भन’ सार्वजनिक(भिडियोसहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  759 पटक हेरिएको

काठमाडौं, कार्तिक–२२ । गायिका विन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार परियारले आफ्नै अफिसियल युट्युब च्यानल बिन्दु परियार मार्फत ‘भनन भन त्यसपछि के भो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

सर्जक एकनारायण भण्डारीको शब्द सृजना तथा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतमा परियार र गायक रविन बर्तौलाको स्वर रहेको छ। म्युजिक भिडियोमा चर्चित नायिका आँचल शर्मा र नायक पुष्प खड्काको अभिनय रहेको छ।

गम्भिर विष्टको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने नवीन निरौलाले भिडियोको सम्पादन रहेको छ। ‘भनन भन त्यसपछि के भो’ जान्नको लागि तलको भिडियो हेर्नुहोस ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=ImzZ-LNiHcs

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार