
बिरगंज, कार्तिक २२ ।

नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंगका सीईओ भने गृहेन्द्र घिमिरे हुनुहुन्छ । कार्तिक २० गते प्रदेश नम्बर १ बिर्तामोडमा सम्पन्न गरी आज बिरगंजमा जारी छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सहयोग गर्न र पर्यटन प्रबन्धन गरी राष्ट्रको समुन्नत विकासका लागी आयोजना गरेको आयोजक कमिटिले जानकारी गराएको छ ।

कार्तिक २० मा बिर्तामोडमा सम्पन्न कार्यक्रममा उल्लेख्य जनमानस तथा स्थानीयको सहभागी रहेको नायिका तथा मोडल पूर्णिमा श्रेष्ठले भिजन अनलाईन न्युजसंगको संवादमा जानकारी गराउनु भयो । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका पूर्णिमा संगै अन्य नेपाल प्रहरीको सांस्कृतिक विभागमा कार्यरत कलाकार राज आले, आईशु कार्की र किशोर तामांग समेतको संयुक्त प्रस्तुति रहेको भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । आज बिरगंजमा भईरहेको सप्तरंग सात प्रदेश कार्यक्रममा पनि आफ्नो टिमको प्रस्तुति रहेको मोडल तथा नृत्यांगना पूर्णिमा श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल, चर्चित हास्यकलाकर मुन्द्रे, गायक प्रकाश सपूत, गायिका मेलिना राई, नेपाल आईडलका बिजेता रबी ओड लगायतको सहभागी र प्रस्तुति रहेको पनि चर्चित मोडल पूर्णिमाले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा सहभागीहरुको लागी प्रवेश भने निशुल्क गरीएको जानकारी गराउनु भयो । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगले आयोजना गरेको उक्त कार्यक्रम प्रदेश नम्बर १ बिर्तामोड, प्रदेश नम्बर २ बिरगंज, प्रदेश नम्बर ३ चितवन, प्रदेश नम्बर ४ पोखरा, प्रदेश नम्बर ५ नेपालगंज, प्रदेश नम्बर ६ सूर्खेत र प्रदेश नम्बर ७ को महेन्द्रनगरमा हूनेछ । उक्त ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित कार्यक्रमको प्रमुख संचालकमा नरेश भट्टराई र सह-संचालकमा भने बिबेक र पूजन रहेको छ ।
प्रदेश १ बिर्तामोडमा सम्पन्न कार्यक्रमको केही झलक



