
फुकुओका, जापान, नोवेम्बर ७ ।

ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप फुटबल प्रतीयोगिताको टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो ।

प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ, भने उपविजेता टिमले १ लाख ५० हजार जापानीज येन सहित मेडल प्राप्त गर्नेछ ।
प्रतीयोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट किप्पर, उत्कृष्ट अंक ल्याउने अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले उक्त टाईसिट कार्यक्रममा जनाएको छ ।प्रतियोगिता यहि नोभेम्बर ९ तारिख अर्थात कार्तिक २३ गते शनीबारका दिन बिहान १० बजेबाट फुकुओकाको हाकाता कु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 ) हुनेछ ।
(टाईसिट हेर्नुहोस)
