एनआरएनए क्यूशुको आयोजनामा फुकुओकावासी नेपालीलाई कोभिडबाट जोगाउने प्रयासको सर्वेक्षण जारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  424 पटक हेरिएको

जापान, कार्तिक २१ ।   

जापानको फुकुओकावासी नेपाली समुदायलाई कोभिड १९ को संक्रमणको जोखिमबाट जोगाउन भएका प्रयासको सर्वेक्षण जारी रहेको छ । जापान स्थित गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रिय कार्यसमितिको प्रयासमा उक्त सर्वेक्षण आयोजना गरीएको हो ।

जापान युनिभर्सिटी अफ इकोनोमिक्सका प्रोफेसर डा.ओता तोमोयुकी र गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्युको सहकार्यमा यही नोभेम्बर ३ तारिखदेखि सर्वक्षण थालिएको एनआरएनए क्यूशुका संयोजक अर्जुन थापाले भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो ।

एनआरएनए क्युस्युका संयोजक अर्जुन थापाले सूचना प्रकाशित गर्दै भनेका छन्, ‘फुकुओकामा बसोबास गर्ने नेपाली समुदायमा कोभिड-१९ ले पुर्‍याएको असरका साथै महामारीको प्रभावव समाधानमा के कस्ता कामहरु भए भन्नेबारे JAPAN UNIVERSITY OF ECONOMICS का प्रोफेसर डा.ओता तोमोयुकीज्यू र एनआरएनए क्युस्युको सहकार्यमा आज ई.स. २०२१/११/०३ बाट २०१/११/१२ सम्म सर्वेक्षण गरिने हुँदा तलको लिंकमा गई फारम भरी सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।’

झन्डै २ वर्ष अगाडिदेखि कोभिड-१९ को महामारीले सबैलाई धेरै ठूलो असर गरेको छ । यसको संक्रमणबाट धेरैको ज्यान जानुको साथै रोजगार तथा व्यापार व्यवसायमा समेत नराम्रो असर गरेको छ । यस सर्वेक्षणपश्चात् फुकुओकाका सरकारी निकायहरुसँग छलफल गरी आगामी दिनहरुमा नेपाली समुदायलाई सहयोग हुने कार्यक्रम ल्याउन पहल गरिने भन्दै संयोजक थापाले सहयोगको हुने अपेक्षा राखेको बताए ।

उक्त सर्वेक्षणमा सहभागिताको लागि तलको लिंक क्लिक गरी विवरण सबमिट गर्नुहोला ।

https://docs.google.com/…/1FAIpQLSd-Kc…/viewform

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार