जापान, कार्तिक २१ ।
जापानको फुकुओका शहरमा जनजातिहरूको नेतृत्व गर्दै आइरहेको संस्था नेपाल आदिबासी जनजाति महासंघ क्यूशु क्षेत्रीय कार्यसमितिले बृहत दीपावली शुभकामना आदान प्रदान, देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ सम्पन्न गरेको छ । जापानको फुकुओकामा रहेका प्रमुख ५ संस्थाहरूको सहकार्यमा आयोजना गरीएको शुभकामना आदान प्रदान तथा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम २०२१ मा नेपालबाट प्रमुख अतिथि माननीय पूर्व क़ानून तथा न्याय मन्त्री शेर बहादुर तामाङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । हिजो तिहारको विशेष दिन भाई टिकाको दिन आयोजना गरीएको उक्त कार्यक्रम नेपालबाट चर्चित कलाकार तथा नायिका दिपाशा बि. सिको समेत विशेष आतिथ्य रहेको थियो । कलाकार तथा नायिका दिपाशा बि. सिले बिभिन्न गीतमा आफ्नो उत्कृष्ट नृत्य सहित उपस्थित प्रमुख अतिथि, विशेष अतिथि लगायत उपस्थित महानुभावहरूलाई मनोरंजन प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा बिशेष अतिथिको रूपमा माननीय सांसद नबिना लामा र मिस कस्मोपोलाईटन वोल्ड २०१९ का बिजेता प्रिया रानी लामाको पनि सहभागिता निश्चित भए पनि अन्त्यमा उहाहरुको स्वास्थ्यमा समस्या तथा बिरामी भएको कारण सहभागिता हुन नसक्ने आयोजक कमिटीलाई जानकारी गराउनु भएको कार्यक्रम संयोजक सन्तमान शाक्यले जानकारी गराउनु भयो ।
जापानको फुकुओका स्थित रहेको नेपाल आदिवासी जनजाति महासंघ क्यूशु क्षेत्रीय कार्यसमितिको प्रमुख आयोजना र यहाँ रहेका अन्य संस्था गैर आवासीय नेपाली संघ, क्यूशु क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटी, हाम्रो नेपाल हामी नेपाली अभियान र नेपाल जापान फ़्रेण्डसिप लायन्स क्लबको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रबासको भूमिमा नेपाली भाषा साहित्य, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरीएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, जनजाति महासंघ जापानका अध्यक्ष संजीब चम्लिङ राई, महासचिब शिशिर याकथुङ लिम्बु, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन न्युरेको पनि सहभागिता रहेको थियो । यस्तै नेपाल तामाङ समाज केन्द्रका अध्यक्ष रूबीना लामा र तामाङ समाज क्यूशुका अध्यक्ष आशीष योञजनको पनि उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोलदै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले जापानका सम्पूर्ण संघसंस्था, समुदायलाई एकताबद्ध गरेर नेपालीहरूको चाडपर्व हामी सबैको साझा हो है भन्ने सन्देश दिनुभएकोमा आयोजक प्रति आभार व्यक्त गर्नुभएको थियो । जापानको भूमिमा बसेर नेपाली कला भाषा संस्कृति र संस्कारको जगेर्ना गरीरहदा हामीले अनुशासनको ख्याल गर्नुपर्ने जापानको नियमक़ानूनको परिधिभित्र रहेर आफनो सांस्कृतिक चाडपर्व मनाउन पनि नेपाली समुदायलाई आग्रह गर्नुभयो । हामी नेपाली जापानमा जून उद्देश्यले आएका छौ सोको पूर्तिका साथसाथै जापनिज समुदायसंघ घुलमिल भई जापनिज नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्ने एक नेपालीले एक जापनिज नागरिकलाई नेपाल भ्रमणमा लैजान सकेमा दुई देशको सम्बन्धमा अझ मित्रता बढ़ने र त्यसले नेपालको पर्यटन विकासमा पनि अतुलनीय योगदान रहने समेत बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दई नेपाल तामाङ समाज जापानका अध्यक्ष रूबीना तामाङ ज्युले जनावरको समेत पूजाआजा गरेर चाडपर्व मनाउने देशमा जनजातिहरूको चाडपर्वमा बिदा नदिने, भएका बिदा पनि सरकार कटदै जानाले सरकारबाट नै जनजातिहरू उत्पीड़नमा परेको यस विषय सम्बन्धित पक्ष तथा प्रमुख अतिथिको ध्यानाकर्षण गर्नु भएको थियो । अन्य सहभागी संस्थाका सहभागीहरूले पनि नेपालीहरूको महान चाड दीपावलीमा नेपाली अभिभावक पूर्व मन्त्री माननीय शेर बहादुर ज्युको अभिभाबकत्वमा कार्यक्रम आयोजना गरेकोमा धन्यबाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रमका केही झलकहरू फोटोमार्फ़त