
काठमाण्डौँ, कार्तिक २१ ।

सेवा गर्न धनमात्र होईन मन पनि चाहिन्छ । उनै मनका धनि समाजसेवी ईशा गुरुङ्गले धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा चितवनमा निर्माण गर्न गईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आफ्नो व्यक्तिगत रुपमा नेपाली ५ लाख सहयोग गरेका छन । उनको यो नै पहिलो सहयोग भने होईन नेपालका कयौँ गरिब दुःखिहरुको उद्दार तथा राहतमा सहयोग गरिसकेकि ईशा गुरुङ्ग बिदेशको भूमि लण्डनमा बसेर नेपाल र नेपालीको उद्दार र सहयोगमा अहोरात्र खट्ने नेपाललाई माया गर्ने एक शाहसी नारी हुन ।
जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी प्रवासमा रहेर पनि दुखी, पीडितहरुको दुखमा मल्हम लगाउने सामाजिक अभियान्ता ईशा गुरुङ्गले युवा सामाजिक अभियान्ता अर्जुन भुषाल मार्फत ५ लाख रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।

यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा ईशा गुरुङ्गलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्दै सहयोग हामीसम्म ल्याउन सहयोग गर्नुहुने अर्जुन भुषाल प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा सहयोगका लागि सामाजिक संजाल मार्फत धन्याबाद दिएका छन ।
समाजसेबी ईशा गुरुङ्गले यहाँ भन्दा अगाडिका परियोजनाहरुमा पनि धुर्मुस सुन्तलि फाउण्डेशनलाई सहयोग गरिसकेकि छिन ।




1484 पटक हेरिएको 
















