शुक्रवार जापानभर १,१४० जनामा कोरोना संक्रमण पुष्टि, फेरि जापानभर कोरोना संक्रमण बढ्दो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  959 पटक हेरिएको

जापान, कार्तिक २२।  

पछिल्लो समय जापानमा पनि कोरोना संक्रमणको संख्यामा पुनःबृद्धि भएको छ । नेपाली समाजमा समेत उल्लेख्य मात्रामा देखा परेका कोरोना संक्रमणले जनजीवनमा समेत प्रत्येक्ष प्रभाब पारेको छ । ६ नोभेम्बर शुक्रबार पनि जापानभर १,१४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा अझै बढेको हो ।

शुक्रबार सँधैजसो गरी टोकियो,ओसाका, होक्काईदो,साईतामा,आईची, चिबा,ओकिनवा, क्योतो लगायतका प्रान्तहरुमा धेरै संक्रमण देखिएको छ भने त्यसबाहेकका अन्य २९ वटा प्रान्तहरुमा पनि सामान्य संक्रमण देखिएको छ ।

जापानमा हालसम्ममा १ लाख ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९४ हजार ६ सय ३७ जनाले कोरोना जितेका छन् भने १८ सय २५ जनाको निधन भएको छ ।

हेर्नुहोस् दृश्य यो तस्बिरमा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार