प्रचण्डको आह्वानमा नेकपा सचिवालयको अनौपचारिक बैठक सम्पन्न, प्रधानमन्त्रि ओलि निकट पोखरेल, पौडेल र थापा अनुपस्थित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1135 पटक हेरिएको


काठमाण्डौं, कार्तिक २१ ।  

नेकपा भित्र आन्तरीक विवाद चुलिएका बेला आज प्रचण्डले आव्हान गरेको सचिवालयको अनौपचारीक बैठक बसेको छ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली र उनका पक्षधर ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र राम बहादुर थापा बादल उपस्थित रहेका थिएन । बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ मात्र सहभागी भएका छन् । ९ सदस्यीय सचिवालयमा बहुमत प्रचण्ड माधव पक्षसगँ रहेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली सहित ९ जनालाई नै बैठककका लागि खबर गरिएको थियो । तर प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष के.पी ओलि र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचको लामो समय देखिको अन्तरसंर्घषका कारण श्रृजित पार्टी बिभाजनसम्मका अवस्था आएपछि अध्यक्ष दाहालले सचिवालय बैठक राखेर समस्या समाधान गर्ने उद्देश्यले सचिवालय बैठक राखेका थिए तर पनि अर्का अध्यक्ष ओलि पक्षधर बैठकमा सामेल भएन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार