दुःखत खबर ललितपुरमा म्हःपुजा पर्व मनाउने क्रममा आगलागि हुँदा एकै परिवारका चार जनाको निधन, केही घाईते

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  103 पटक हेरिएको

काठमाडौं कात्तिक २० ।  

ललितपुरको पाटन स्थित मंगलबजारमा म्हः पुजा मनाउने क्रममा आगलागि हुदाँ एकै परिवारका ४ सदस्यको निधन भएको छ । ललितपुरको मंगलबजारका लक्ष्मीकृष्ण ताम्रकारको परिवार शुक्रबार साँझ साढे ६ बजे म्ह: पूजा गरिरहेको थियो । घरको चौथो तलामा मण्डल बनाएर परिवारका ११ जना पूजामा व्यस्त थिए ।

एक्कासी परिवारका बालबालिकाहरु धुँवा आयो भन्दै कराए । ‘सुरुमा के भन्छन् भनेर वास्ता गरिएन, एकछिनमा त मुस्लो नै देखियो’ घाइते अनार ताम्राकार भन्छिन्, ‘तल पूरै जलिसकेछ, विजुलीले हो कि भनेर मेन स्वीच बन्द गर्न गएँ ।’ उनी फर्किन नपाउँदै ठूलो आवाजसहित ग्यास सिलिण्डर विष्फोट भयो । श्रीमान् लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको चौथो तलामै मृत्यु भयो ।

उक्त घटनामा परि एकै परिवारका चार जनाको मृत्यु भएको हो । शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले संचारमाध्यमलाई पुष्टि गरे ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको एआईजी पालले बताए । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने उनले बताइन् ।

‘मृत्यु हुनेमध्ये केही निसास्सिएको पनि हुनसक्ने देखिन्छ’ उनले संचारमाध्यमसँग भनिन्, ‘विस्तृत अनुसन्धान जारी छ ।’ थप बिबरण केही बेरमा जानकारी गराउने छौँ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस । 

नेफिन क्यूशुद्वारा भाईटिकाको दिन बृहत देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ आयोजना, सबैलाई सहभागी हुन अपिल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार