
काठमांडौ, कार्तिक १९ । वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागले अत्यन्त जरुरी सूचना सार्बजनिक गरेको छ । बैदेशिक रोजगारीको शीलसिलामा बिदेश गई बिदामा नेपाल फ़र्केका कामदारहरूको पुन:श्रम स्वीकृति लिनु पर्ने र सो सम्बन्धमा आवश्यक कागजपत्र सहित उपस्थित हुनुपर्ने हुन्छ ।

बिदेशमा गई वा जानेक्रममा जून पद वा दक्षकाममा श्रम स्वीकृत लिई गएका हुन्छन पछी श्रम स्वीकृत लीन पर्दा सोही काम हुनुपर्नेमा पछिल्लो समय बैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाई तथा दीदीबहिनीहरूले काम छाडी कम्पनी र कामको प्रकृति नै परीवर्तन गरेको धेरै भेटिएकोले त्यस्ता कामदारको श्रम स्वीकृत तथा पुन:श्रम स्वीकृत दिन कानुनी कठिनाई देखीएकोले नेपाल फर्कदा कामको विवरण खुल्ने अनुभव प्रमाणपत्र र प्राबिधिक सिप दक्षता खुल्ने प्रमाणपत्र लिई आउन यूएई, कतार, साउदी अरब, कुबेत, बहराईन, मस्कट ओमन र मलेसियामा कामदारको रूपमा रहेका सम्पूर्ण नेपाली कामदारहरुको लागी आज अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। सो सम्बन्धमा सम्बन्धित देशका राजदूतावासलाई समेत परिपत्र गरी जानकारी गराएका छन ।

तहाँ स्थित मुकुलमा कार्यरत नेपाली कामदारहरुको काम(पेशा) लगायत भिसा र करारपत्रमा उल्लेखित विवरण फरक परेको अवस्थामा निजहरुको सोही देशमा पुन:श्रम स्वीकृतलिई फर्कने भएमा बिदामा नेपाल आउनु अघि आफ्नो कामको सिप सम्बन्धि प्रमाणपत्र, भिसामाकामको प्रकृति फरक नपर्ने गरी भिसा जारी गर्ने व्यवस्था हून यहाँ स्थित सम्बन्धित सबै निकायहरूमा समन्वयको व्यवस्था हून तथा गैर आबासीय नेपाली संघका राष्ट्रीयतथा क्षेत्रीय कार्यसमिति लगायत संघसंस्थाहरू मार्फ़त नेपाली कामदारहरूमा उक्त विषयको सम्प्रेषणहुने व्यवस्था गर्न समेत सबै देशका राजदुताबासमा आज पत्राचार समेत गरीएको बैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्म भुसालले जानकारी गराउनु भयो । विभागका महानिर्देशक भुसालले सामाजिक संजालमा अत्यधिक सिअर गरी सबैको जानकारीमा पुर्याउन समेत सबैमा अपिल गरेका छन ।




3077 पटक हेरिएको 
















