पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४३० जना संक्रमण निको भई डिस्चार्ज भए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  484 पटक हेरिएको

काठमाडौं, कात्तिक २० ।  

पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना छन् ।

पाल्पाका ३१८ जना, रुपन्देहीका १४२, मोरङका १२१, झापाका ११०, कास्कीका १२३, सुनसरीका १०३, चितवनका ९९, काभ्रे र नवलपुरका ७२र७२ जना, कैलालीका ५२, नवलपरासीका ३७, बाँकेका ३१, नुवाकोटका २८, स्याङजाका २५, तनहुँका २३, उदयपुर र बर्दियाका १९र१९ जना, धनुषाका १८, गुल्मीका १७, कञ्चनपुरका १६, पर्सा र पर्वतका १४र१४ जना, सप्तरीका १३, सिराहा र दाङका १२र१२ जना, धनकुटा र गोरखाका ११र११ जना तथा सर्लाही, सिन्धुपाल्चोक र अर्घाखाँचीका १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, धादिङ र कपिलवस्तुका ८र८ जना, बाग्लुङका ७, ओखलढुंगा र मकवानपुरका ६र६, रामेछापका ५, इलाम, तेह्रथुम, संखुवासभा, महोत्तरी, दोलखा, सिन्धुली, लमजुङ, प्युठान, सुर्खेत र डोटीका ३र३ जना, रसुवा, सल्यान र बैतडीका २र२ जना तथा भोजपुर, रौतहट, म्यादी, अछाम र बाजुराका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार