कास्की २-उपचुनावमा विवेकशील नेपाली दलको उम्मेदवार जमुना शर्मा

  भिजन अनलाईन न्यूज संबाददाता प्रकाशित:  712 पटक हेरिएको

पोखरा कात्तिक, १९ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २-मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशीलको उम्मेदवार जमुना शर्मा

विवेकशीलले मंगलबार शर्मालाई कास्की-२ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन् ।

पार्टीको भूमिकालाई अझ नागरिक पक्षीय र प्रभावकारी बनाउन, कास्की–पोखराको गरिमालाई सदा उँचो राख्न चुनाव जित्ने संकल्पसहित शर्मालाई उम्मेदवार बनाइएको विवेकशील नेपाली दलले बताएको छ ।

यस्तै प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ । बुर्तिबाङका युवा उद्यामी भण्डारी विवेकशीलका बाग्लुङ संयोजकसमेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार