नेकपा सचिवालयको बैठकले सातै प्रदेश प्रमुखहरुको नाम सिफारिस गर्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  547 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक १८ ।

आज बसेको नेकपा सचिवालय बैठकले हिजो सरकारले पदमुक्त गरेका सातै प्रदेश प्रमुखहरुको ठाउमा नेकपाले नयाँ प्रदेश प्रमुखहरु चयन गर्दै नियुक्तिको लागि सरकार समक्ष सिफारिस गरेको छ । हिजो अकस्मात नेकपा सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेका थिए ।

मन्त्रिपरिष्दको आइतबार बसेको आकस्मिक बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो ।

प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका थिए । उक्त खाली रहेको सात बटै प्रदेशमा संबैधानिक रिक्तता आउन नदिन आज नै नेकपाले प्रदेश प्रमुखको नाम सिफरिस गरेको नेकपा केन्द्रिय सदस्य मिना श्रष्ठले भिजन अनलाईन न्यूजलाई बताउनु भयो । नेकपाले सिफारिस गरेको नामावलीमा प्रदेश भने नतोकिएको पनि जानकारी गराउनु भयो ।

को को परे नेकपाको सिफारिसमा

नेकपा प्रदेश प्रमुखको सिफारिसमा परेका नामावली तल उल्लेख गरिएको छ ।

१. अमिक शेरचन-चितवन
२. सोमनाथ प्यासी- कास्की
३. तिलक परियार-बाँके
४. धर्मनाथ यादव- सिरहा
५. बिष्णु प्रसाईं- झापा
६. गोविन्द कलौनी-डडेल्धुरा
७. शर्मिला त्रिपाठि- काठमाडौ

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार