त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2081 पटक हेरिएको

काठमाडौँ कार्तिक १७ ।

Image result for dr. dharmakanta baskota

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर हुन् । उनले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाएका थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो । एक नम्बरमा नाम सिफारिस गरिएका डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्ति दिए लगत्तै बाँस्कोटालाई उपकुलपति बनाइएको हो । सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नाम समेत तीन नम्बरमा उपकुलपतिका लागि सिफारिस गरेको थियो 

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार