
काठमाडौं कात्तिक, १७। सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई आज हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते सात वटै प्रदेश प्रमुख नियुक्त गरेको थियो । संबिधानमा प्रदेश प्रमुख हटाउने वा राख्ने भन्य अधिकार राष्ट्रपतिमा सुरक्षित रहेकोले राष्ट्रपतिले जुनसुकै बेला हटाउन सक्ने प्राबधान रहेको छ । सातै प्रदेशका प्रमुख हटाईएकोले उक्त पदमा भोलि नै नया प्रदेश प्रमुख तोक्ने सरकारको तयारी रहेको छ । सरकारको यो बोल्ड निर्णयले बिपक्षि भने सशंकित र आक्रोसित भएको छ । रिक्त रहेको प्रतिनिधि, प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनको मुखैमा प्रदेश प्रमुख हटाईनुलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ ।
