हलेसी धर्मशाला निर्माण गर्न नेपाल आयल निगम र नगरपालिका वीच सम्झाैता

  भिजन अनलाईन न्यूज संबाददाता प्रकाशित:  2068 पटक हेरिएको

खोटाङ्ग, कार्तिक १७ ।

नेपालको प्रख्यात धार्मिकस्थल हलेसि महादेबको नजिकै सुबिधा सम्पन्न हलेसी धर्मशाला निर्माण हुने भएको छ । हलेसी धर्मशालाको सुन्दर भवनको डिजाईन समेत तयार भईसकेको र सोही डिजाईन अनुरुप भवन निर्माण कार्य शुरु हुने समेत जनाएको छ । त्रि-धार्मिक तपाे भुमि हलेसीमा नेपाल आयल निगमकाे सामाजिक उत्तरदायित्व अन्तर्गतकाे कार्यक्रमबाट आर्थिक सहयाेगमा सुविधा सम्पन्न(पाच कराेडकाे लागतमा ) धर्मशाला निर्माण गर्न नेपाल आयल निगम र नगरपालिका वीच सम्झाैता भएकाे हो । पन्ध्र महिनाकाे निरन्तर प्रयास पछि हलेसी तुवाचुङ नगरपालिकाकाे पर्यटन, प्रवर्द्वन विकासमा आजकाे दिन ऐतिहासिक दिन भएकाे हलेसी नगरपालिका तथा स्थानीयले जनाएको छ ।

याे महान कार्यमा महत्वपुर्ण सहयाेग गर्न हुने नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष श्री देवी प्रसाद न्याैपाने,बाणिज्य आपुर्ति मन्त्रालकाे सचिव डा. वैकुन्ठ अर्याल, निगम सञ्चालक समिती,निगमका कार्यकारी निर्देशक सुरेन्द्र पाैडेल,समाज सेवी गणेश थापा, नेपाल आयल निगमका नि. नायव कार्यकारी निर्देशक विशाल ओझा र निगमका प्रविधिक टाेलि र सम्पुर्ण कर्मचारी साथिहरू प्रति हार्दिक नमन र साधुबाद धन्यवाद दिदै यस महान सामाजिक तथा धार्मिक कार्यमा सबैलाई हातेमालो गर्न समेत अपिल गरेका छन ।

दाताकाे सहयाेगकाे मर्म र भावना अनुसार धर्मशाला निर्माणमा सकारात्मक सहयाेग गर्न पनि सबैमा अपिल गरेका छन । यो धर्मशाला निर्माण पछि हलेसी वरिपरि रहेका बेबारिसे ब्यक्तिहरुको लागि ब्यबस्थित तरिकाले धर्मशालामा आश्रय दिई राख्न ठुलो भूमिका निर्बाह गर्ने हलेसी व्यबस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार